नियम ३६
बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनु नपाउने
(१) यस नियमवालीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवधिभर र अवस्थामा सैनिक व्यक्ति बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैनः–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ग) तल्लो पदमा घटुवा भएकोमा सो भएको मितिले एक वर्षसम्म,
(घ) नसिहत पाएकोमा नसिहत पाएको मितिले एक वर्षसम्म,
(ङ) कुनै कसूरको सम्बन्धमा कोर्ट अफ ईन्क्वाइरी वा ऐनको दफा ६२ बमोजिमको समितिबाट छानवीनको क्रममा रहेको वा मुद्दा दायर भएकोमा अदालतबाट सफाई नपाएसम्म,
(च) विशेष नियुक्ति पाई विदेशमा कार्यरत रहने अधिकृतको हकमा निजले गरेको शर्तनामामा उल्लेख भएको अवधिभर,
(छ) निजी प्रयासमा अध्ययन वा तालिम गर्नका लागि विदेश बसेकोमा शर्तनामामा उल्लेख भएको अवधिभर,
(ज) मानव अधिकार र मानवीय कानूनको उल्लंघन हुने कार्य गरेको भनी अदालतबाट ठहर भएमा,
(झ) स्वास्थ्य वर्गीकरण एमईडिडिआईसिसिओएस(जी मा दुई भन्दा बढी भएमा,
(ञ) आर्थिक अनियमितता र बहुविवाह जस्ता कसूरमा सजाय पाएमा,
(ट) अद्दालतबाट अन्य कसूरमा सञ्जाय पाएको हकमा सो सजाय भुक्तान त्तभएसम्म,
(ठ) सैनिक अदालतबाट कनै कसूरमा एक पटक अन्दा बढी सजाय पाएमा
(ड) नेपाली सेनाको कुनै फर्मेशन, युनिट बा एकाईको कमाण्ड गर्दा कमाण्ड असफल भई हटाइएको भएमा,
(ढ) बि. एम. आई. परीक्षण र बि. एफ. टि. परीक्षामा अनुतीर्ण भएमा । (२) उपनियम (१) को खण्ड (झ) मा जुनसुकै कुरा लेखिएको भए तापनि सैनिक तालिम वा आफ्नो कर्तव्यपालन गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेका सैनिक व्यक्तिको स्वास्थ्य परीक्षण गराउँदा चोटपटक लागेको अङ्ग बाहेक निज शारीरिक तथा मानसिक रूपमा स्वस्थ रही सेना सम्बन्धी आवश्यक तालिम पूरा गर्न सक्षम देखिएमा निजलाई मेडिकल बोर्डले स्वास्थ्य वर्गीकरण एमईडिडिआईसिसिओएस(जी एक प्रदान गर्न सक्नेछ र यसरी स्वास्थ्य वर्गीकरण एमईडिडिआईसिसिओएस(जी एक प्रदान गरेको सैनिक व्यक्तिलाई बढुवा नियुक्ति गर्न बाधा पर्ने छैन ।